गजल - आइसक्रिम हैन माया - जीतु खड्का गाउँले


- जीतु खड्का गाउँले
(मोरङ, नेपाल)

आइसक्रिम हैन माँया पलभरमै बिलाउने
काउशो नि हैन माँया छुदै खेरी चिलाउने !!

दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती
जाम पनि हैन माँया पिउने र पिलाउने !!

कलेजीमै फाट्छ माँया विश्वाशको अभाबले
कपडा नि हैन माँया फाटेपछी सिलाउने !!

हलचल हुन्छ मुटु भित्र फुल फुल्छ हृदयमा
दब्दबे त्यो हिलो हैन साउनमा हिलाउने !!

भेटु भेटु हुन्छ सधैं गोधुली त्यो साँझ हुँदा
दुई आत्मा मिले हुन्छ ज्यान हैन मिलाउने !!

No comments:

Post a Comment