गजल - हेर न त्याँ गणेश जीको स्थान - फणिन्द्र 'शान्त'


हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ
ए गाँठे हौ! गणेश पनि आसन छोडी भाग्छु भन्छ ।।

शान्त नै छ महासागर हेर फूर्ति खहरेको
धमासैमा किन नहोस् जल सत्ता हाँक्छु भन्छ ।।

पूजा गर्यौँ रातदिन शरण परी देवताको
कति लाचार छ यो देव उल्टै वर माग्छु भन्छ ।।

उम्रदैका तीनपाते छैन अक्कल आफ्नैबारे
ए बाबा हो! घिरौँलाको बच्चो आकास नाँघ्छु भन्छ ।।

आज भोलि मुर्दाघाटले फेर्दैछ रे विधान पनि
मुर्दाले ऊ अमन भो रे, जिउँदोको माग राख्छु भन्छ ।।

- फणिन्द्र 'शान्त'

No comments:

Post a Comment