- भगवती कंडेल
सँधै हाँसी बस्ने जूनले अधेँरीमा ठाउँ पायो !
ओहो ! कालो गाजलुले परेलीमा ठाउँ पायो !!
बगरको ढुङ्गा सरी भएका छन् धेरै जीवन् !
भाग्यमानी त्यो हो जस्ले कलेजीमा ठाउँ पायो !!
आँशु पिएर नै मैले प्यास मेट्नुपर्छ भने
ठान्ने छु म यो आँशुले पँधेरीमा ठाउँ पायो !!
हरे कठै ! जिन्दगानी सुक्यो कतै बग्दा बग्दै
न काली मा मिल्न सक्यो न सेतीमा ठाउँ पायो !
फूलको धारले रेटी रेटी दुखाउँथ्यो छाती जस्को
लौ ! काँडाले उस्कै दिलको मझेरीमा ठाउँ पायो !!
No comments:
Post a Comment