गजल- कि कुरा सुन्नलाई- अमृत सुबेदी "गुराँस"

 Nepali Gajal Written by "Amrit Subedi Gurans" and he is from Pokhara, Nepal...



- अमृत सुबेदी 'गुराँस'
   पोखरा, नेपाल


कि कुरा सुन्नलाई उत्सुक हुनुपर्छ
होइन भने जन्मँदै बुज्रुक हुनुपर्छ

उसले यसरी हात फैलाउने थिएन
पक्कै घरको अवस्था नाजुक हुनुपर्छ

छोरा बरु नबोल्, आमा भन्नुहुन्थ्यो
बोलीस् भने बोलीमा तुक हुनुपर्छ

एक साथीले आज यस्तै प्रश्न सोधो
गजल लेख्नलाई के भाबुक हुनुपर्छ ?

साथी भट्टीमा हजार हजार फाल्छ
आँफुलाई सय पनि ढुकढुक हुनुपर्छ




Please Don't Forget to Leave a Comment
(कृपया प्रतिक्रिया दिन नबिर्सनु होला)

1 comment: