फूल नफुल्नुमा,कस्को थियो दोष- गजल "रमेश विमान"

 This Gajal is Taken From Ramesh Biman's Facebook Profile



# Ramesh Biman



फूल नफुल्नुमा,कस्को थियो दोष - हर एक गाली,मालिले सहन्छ

लेखिएका पाना,सजिएला कतै - जस्ले जे जे लेख्छ,खालिले सहन्छ



कहाँ दुख्छ खोइ,भन्दै काट्छ खुकुरी - छालपनी रेट्छ, किनाराको शिर

पार भइ सयौं,गन्तब्यमा पुगे - थिचाइको मार,आलिले सहन्छ



बाठो थियो हली ,आँटिलो र सुरो - पराइको खेतमा,उज्जनी बढायो

हकदार हली ,दुबै खुशिछन् - फलको त्यो भार,डालिले सहन्छ



उचा निचा देख्ने,भाब रै'छ ठुलो - हजार मै'लो बोक्ने,गंगा कहलिन्

उसै बाट सबै,धाम सफा भो - तिरस्कार फेरि,नालिले सहन्छ



कती कामुक छन्,बदन नारिका - मोहित को छैन्,नारी रुप देखी

यस्तो गर्छअसर,लर्बरिन्छ कद - बालक होसा या त,ज्ञानिले सहन्छ

No comments:

Post a Comment