Showing posts with label Geet. Show all posts
Showing posts with label Geet. Show all posts

गीत - विछोडको पिरले - लक्ष्मण 'मिलन' बिस्ट

विछोडको पिरले, हरेक पलमा, परेली भिझाउँदा..।।
मिलेन कतै, मायाको भिक्षा, हत्केला फिजाउदा..।।

बदनाम् किन, गरायौ आखीर, छोडेर जानुथ्यो..।।
शिन्दुर र पोते, पराईको घुम्टो, ओडेर जानुथ्यो..।।
एकान्त बस्ती, बियोगको चित्कार, बेस्सरी चिच्याउदा..।
मिलेन कतै, मायाको भिक्षा, हत्केला फिजाउदा..।।

धर्तिको सिरान्, आकाशको छानो, सबै यो बिरानो..।
एकपल्ट पनी, भएनन् मेरा, यि आँखा ओभानो..।
तितो त्यो अतित, बल्झेर फेरी, छातीमा बिझाउदा..।।
मिलेन कतै, मायाको भिक्षा, हत्केला फिजाउदा..।।

बिछोडको पिरले हरेक पलमा परेली भिजाउदा..।।
मिलेन कतै मायाको भिक्षा हत्केला फिजाउदा..।।

- लक्ष्मण 'मिलन' बिस्ट