कविता- उत्तेजित लिङ्गको लौरो टेकेर- अर्चना पोखरेल

1
अध्यारो खोपीमा
योनीको लिलाम बढाबढ गरेर,
मन्दिरहरुमा
भैरबको उत्तेजित लिङ्ग ढोग्ने
योनीधारीहरु !
सडक र मन्चमा
लिङ्गधारीहरुको खैरो खन्ने
तिम्रो नैतिकता
हनुमन्तेको ढलभन्दा कम गनाएको होला र?

2
खबरदार!
यौन पिपासु राक्षसहरु।
तिमीहरुको ५-६ इन्चको उत्तेजित लिङ्ग ठुन्क्याउन
मेरो यही कान्छीऔंले
तर धारिलो कलम नै पर्याप्त छ।

3
उत्तेजित लिङ्गको लौरो टेकेर
सगरमाथा चढ्ने सपना नदेख कमरेड !
स्खलित भएर ओछ्यानमा बज्रिएपछि
ओढ्ने त मेरै गुन्यु न हो !


- अर्चना पोखरेल

1 comment: