लज्जा झुक्दो छ रहर च्याउदो छ
होश गुम्दो छ प्यास छाउदो छ
आबाज दमित छ नजर बोल्दो छ
धड्कन बढेर सरगम गाउदो छ
हुन्न भन्दैन जीउको भाषाले
मनले प्रितको आभाष पाउदो छ
अहम भन्दछ हार्नु हुँदैन
तर ओठमा मुस्कान आउदो छ
अघि छिन उनी सोझै चित्रको
अवलोकनले रङ्ग ल्याउदो छ
- भरत पौडेल
No comments:
Post a Comment